काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले रसुवाको भोटेकोशी बाढीले नेपाल मात्र नभई विश्वका धेरै देशका मानिसहरु शिकार भएको बताएका छन् ।
आइतबार काठमाडौँमा भएको जलवायु न्याय सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता नेपालले बाढीबाट नेपालीमात्र नभएर विश्वका नागरिक प्रभावित भएको बताएका हुन् ।
जलवायु परिवर्तनको सन्र्दभ जोड्दै नेता नेपालले कोपेन हेगेन १५ औ समिटमा तीनवटा अन्तराष्ट्रिय संस्थालाई महत्व दिएको बताए ।
‘पहिलो समुद्रको टापु देशहरु समुन्द्रमुनि डुव्नेभए भनेर, दोस्रो समुन्द्रको तटीय राष्ट्रहरुका समस्या सम्बोधन गर्ने तर हिमाली देशलाई महत्व दिइएको थिएन’, नेपालले भने, ‘जव हामीले सगरमाथाको वेसक्याम्पमा पुग्ने निर्णय गर्यौं र त्यसपछि मैले महासभामा सम्बोधन पनि गरेँ त्यसपछि विश्वको ध्यानाकर्षण भयो ।’
समुद्री र तटीय क्षेत्रको संगठन बनाउन हुने तर हिमाली देशहरुको संगठन किन नबनाउने भनेर आफुले त्यसक्रममा बोलेको भन्दै हिमालमा असर पुर्याउने काम विकसित राष्ट्रले नै गर्ने गरेको बताए ।






































