वि.सं.२०८३ असोज ४ आइतवार

घरायसी विवादमा उदयपुरमा श्रीमान्‌द्वारा हँसिया प्रहार गरी श्रीमतीको हत्या

उदयपुरको चौदण्डीगढी–२ डाँडागाउँमा मदिरा सेवन गरेका ५८ वर्षीय गन्दुराम राईले घरायसी विवादमा ४५ वर्षीया श्रीमती विमला राईको गर्दनमा हँसिया प्रहार गरेका छन्।

khanepani

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–२ डाँडागाउँमा घरायसी विवादका क्रममा श्रीमान्ले धारिलो हतियार प्रहार गर्दा एक महिलाको ज्यान गएको छ।

प्रहरीका अनुसार स्थानीय ५८ वर्षीय गन्दुराम राईले मादक पदार्थ सेवन गरी आफ्नै ४५ वर्षीया श्रीमती विमला राईमाथि हँसिया (सिकल) प्रहार गरेका थिए। घरायसी विवाद चर्किएपछि उनले श्रीमतीको गर्दनमा हतियार प्रहार गरेको पाइएको छ।

गम्भीर घाइते विमलालाई प्रहरीले उद्धार गरी तत्काल नगर अस्पताल बेल्टार पुर्‍याएको थियो। तर, उपचारकै क्रममा राति १:१५ बजे उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

वारदातपछि अभियुक्त गन्दुराम आफैँ माडीबासस्थित अस्थायी प्रहरी चौकी पुगेर घटनाबारे जानकारी गराएका थिए। उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बेल्टारमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

ranechhap