वि.सं.२०८३ असोज २ शुक्रवार

पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ९ जनाको मृत्यु, १६६ जना घाइते

khanepani

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको छ भने १६६ जना घाइते भएका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा बागमती प्रदेशमा ३ जनाको मृत्यु भएको छ भने कोशी प्रदेशमा २ जनाको तथा गण्डकी, सुदूरपश्चिम, लुम्बिनी प्रदेश र काठमाडौँ उपत्यकामा एक एक जनाको मृत्यु भएको छ ।

त्यस्तै देशभर भएका दुर्घटनामा १६६ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ४० जना घाइते भएका छन् भने कोशीमा ४३ जना, काठमाडौँ उपत्यकामा २२ जना, सुदूरपश्चिममा १४ जना, बागमतीमा ६ जना घाइते भएका छन् भने लुम्बिनीमा २५ जना, कर्णालीमा १० जना र गण्डकीमा ६ जना घाइते भएका छन् ।

ranechhap