वि.सं.२०८३ असोज २ शुक्रवार

जनमत पार्टीको राष्ट्रिय अध्यक्षमा डा.सीके राउत निर्वाचित

जनमत पार्टी केन्द्रीय निर्वाचन समितिका सदस्य सचीव राजेश कुमार मण्डलका अनुसार एकजना महासचिव पदमा ममता झा सप्तरी, चन्दन कुमार सिंह महोतरी र संजय कुमार यादव सिरहाको उम्मेदवारी परेको छ ।

khanepani

जनकपुरधाम । जनमत पार्टीको राष्ट्रिय अध्यक्षमा डा.सीके राउत निर्वाचित भएका छन् । पार्टीको दोश्रो महाधिवेशन अन्तरग बिहीबार मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेकोमा अध्यक्ष पदमा डा. राउतको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन् ।

अध्यक्ष पदमा निर्विरोध भएपनि अन्य पदमा निर्वाचन हुने सम्भावना छ । जनमत पार्टीको दोस्राे महाधिवेशन आगामी असोज ९ र १० गते वीरगंजमा हुदैछ ।

उम्मेदवारको प्रारम्भिक सूची अनुसार ७ जना उपाध्यक्ष पदका लागि १४ जनाको उम्मेदवारी परेको छ ।

उपाध्यक्ष पदमा वसन्त कुमार कुशवाहा रौतहट, अनिता साह धनुषा, अनिता मण्डल सिरहा, डा जयकान्त राउत सप्तरी, नरेन्द्र प्रसाद चौधरी कपिलवस्तु र माधवप्रसाद सिंह पर्साको उम्मेदवारी परेको छ । सोही पदमा राजकुमार यादव त्यागी सिरहा, डा कमरुल्लाह अंसारी बारा, सञ्ज्य कुमार मिश्र रुपन्देही, मदनेश कुमार चौधरी सप्तरी, परमेश्वर मुर्मु मोरङग, रोसन खातुन बारा, हरपाल सिंह सोडी बाँके र मनोहरी देवी वैठा सर्लाहीको उम्मेदवारी परेको छ ।

जनमत पार्टी केन्द्रीय निर्वाचन समितिका सदस्य सचीव राजेश कुमार मण्डलका अनुसार एकजना महासचिव पदमा ममता झा सप्तरी, चन्दन कुमार सिंह महोतरी र संजय कुमार यादव सिरहाको उम्मेदवारी परेको छ ।

एकजना निर्वाचित हुने उप महासचिवमा निर्मल कुमार मण्डल सिरहा र ललित चन्द्र मल्लिक रौतहट को उम्मेदवारी परेको छ ।
७ जना निर्वाचित हुने सचिव पदमा १० जनाको उम्मेदवारी परेको छ । सन्तोषकुमार सहनी धनुषा, सुरेन्द्र शर्मा मधेशी सप्तरी , हरेन्द्र चौधरी रौतहट, अन्जनीदेवी महोतरी, रोहित महतो सिरहा, पारस प्रसाद साह बारा, राधा कुमारी यादव बाके, बाल गोविन्द चौधरी नवलपरासी, वीरेन्द्र महतो ( जीवन त्यागी ) महोतरी र रामवावु साह बाराको उम्मेदवारी सचिव पदमा परेको छ ।

पार्टीको कार्यकारिणी सदस्यमा सप्तरीवाट थानेश्वर प्रसाद साह, शम्भुकुमार साह, महेश प्रसाद यादव, रामगमन साह, मंजुकुमारी चौधरी, उपेन्द्र प्रसाद साह, संजीव नारायण यादव, संजय कुमार यादव, देव नारायण साह, सुरत लाल साह, विशेश्वर रजक, प्रियंका कुमारी संत, मुकेश मैरता र शिवनन्दन महतोको उम्मेदवारी परेको छ ।

यस्तै कार्यकारिणी सदस्यमै रौतहटवाट व्रजकिशोर राय यादव, रामलाल राय यादव, डा. राम शंकर ठाकुर, विजय प्रसाद पटेल र मो असदुल्लाल को उम्मेदवारी परेको छ ।

सोही पदमा सिरहाका गोपाल प्रसाद यादव, अरविन्द सहनी, दुष्यन्त कुमार कर्ण, विनोद कुमार यादव, रंजीत कुमार साह, जागेश्वर साह तेली, प्रदीप कुमार महतो र रामजुलुम साहले उम्मेदवारी दिएका छन् ।

महोतरीका सन्तवहादुर साह, वीरेन्द्र कुमार मण्डल र कौशलेन्द्र गिरी धनुषावाट डा. सुरेन्द्र प्रसाद यादव, मो सावीर राइन, अशोक कुमार साह, व्रहमदेव महतो, संजय प्रधान, रामपुकार यादव र संजय कुमार ठाकुरको उम्मेदवारी परेको छ ।

कार्यकारिणी सदस्यमा अमिरुल्लाह जोल्हा नवलपरासी पश्चिम, विनोद कुमार चौधरी कपिलवस्तु, श्यामसुन्दर साह काठमाण्डौ, दीपीका यादव बर्दिया, आशा कुमारी मेहता सुनसरी , निलु कुमारी चौधरी र शिवचरण केवट, लक्ष्मी चौधरी र धीरज कुमार चौधरी रूपन्देही ले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै बारा जिल्ला वाट सद्दाम अंसारी, राजकुमार कुशवाहा, फिरोज अंसारी, राजुप्रसाद साह , शिवनाथ प्रसाद पट्टेल, सुरेश प्रसाद, विकास कुमार सिंह , सन्तोष प्रसाद पट्टेल, गाजानन्द प्रसाद यादव, राजेश साह र वीजय गुप्ताको उम्मेदवारी परेको छ ।
पर्सावाट कार्यकारिणीमा राज गिरी, नाजमा खातुन, अनितादेवी रौनियार, मालती कुशवाहा, विनय यादव र सन्तोष साहको उम्मेदवारी परेको छ।

निलम पासमान रुपन्देही, वीरेन्द्र कुमार मण्डल मोरङ, अमृतलाल महतो झापा को उम्मेदवारी पनि कार्यकारिणी सदस्यमा परेको छ । सर्लाही जिल्लावाट सोही पदमा श्रीचन राय यादव, सुवोध कुमार मण्डल, कलिम र सुनिल प्रसाद गुप्ता, विष्णु प्रसाद गुप्ता बाँके लगायतका को उम्मेदवारी परेको छ ।

ranechhap