काठमाडौ । जनता समाजवादी पार्टी नेपालका सांसद मोहम्मद खालिदले संविधान निर्माणपछि बनेका अधिकांश सरकारले संघीयतालाई संविधानको मर्म अनुसार बलियो बनाउन आवश्यक कानुन र संरचना निर्माणमा पर्याप्त ध्यान नदिएको आरोप लगाए।
शुक्रवार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताए।
खालिदले वर्तमान सरकारले पनि विशेषगरी मधेसलाई निराश बनाएको बताए ।
संघले संविधानको अनुसूचीमा रहेका अधिकारसम्बन्धी आवश्यक कानून निर्माण नगर्दा प्रदेशहरू कमजोर बनेको उहाँको भनाइ छ ।
उहाँले प्रदेश प्रहरी समायोजन हुन नसकेको, प्रशासनिक संरचना हस्तान्तरण नभएको तथा प्रदेशको आवश्यकता अनुसार कर्मचारी व्यवस्थापन नगरिएको भन्दै असन्तुष्टि जनाए ।







































