वि.सं.२०८३ भदौ २२ सोमवार

विपत्तिको सामना गर्न राजनीतिक मतभेद त्यागेर एकजुट हुन नेता निधीको आग्रह

नेपाल प्रहरीको तथ्याङ्कलाई उद्धृत गर्दै उहाँले हालसम्म १ हजार ३ सय बढीको मृत्यु भएको र ४ हजार ९ सय भन्दा बढी मानिस सम्पर्कविहीन रहेको जानकारी दिए ।

khanepani

काठमाडौ । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधीले देशमा आइपरेको अकल्पनीय प्राकृतिक विपत्तिको सामना गर्न सबै पक्षलाई राजनीतिक तथा दलीय मतभेद त्यागेर एकजुट हुन आह्वान गरे ।

जनकपुरमा आयोजित लायन्स क्लवको एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता निधीले विपद्को यस घडीमा उद्धार, राहत र पुनर्निर्माणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

नेता निधीले मुलुकमा हालै आएको बाढीपहिरोका कारण ठूलो मानवीय र भौतिक क्षति भएको उल्लेख गरे।

नेपाल प्रहरीको तथ्याङ्कलाई उद्धृत गर्दै उहाँले हालसम्म १ हजार ३ सय बढीको मृत्यु भएको र ४ हजार ९ सय भन्दा बढी मानिस सम्पर्कविहीन रहेको जानकारी दिए ।

ranechhap