काठमाडौ । नेपाली बजारमा आज (सोमबार) पनि सुन-चाँदीको भाउ घटेको छ।
आइतबार प्रतितोला तीन हजार एक सय रूपैयाँ घटेको सुनको भाउ यसदिन तोलामा दुई हजार चार सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ।
आइतबार सुन प्रतितोला तीन लाख चार हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, सोमबार चाँदीको मूल्य पनि घटेको छ।
आइतबार प्रतितोला चार हजार सात सय २५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार ६ सय ९० रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रूपैयाँ घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार चार सय एक अमेरिकी डलरमा कारोबार भइरहेको छ।








































