वि.सं.२०८३ भदौ ३ बुधवार

सरकार र सांसदबीच असमझदारी बढेपछि रास्वपाले बोलायो मन्त्रीसहितको अन्तर्क्रिया

khanepani

काठमाडौं । सरकार र आफ्नै दलका सांसदहरूबीच असमझदारी बढ्दै गएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज मन्त्रीहरूसहितको विशेष अन्तर्क्रिया बैठक बोलाएको छ।

संसदीय दलको कार्यालयमा बुधबार बिहान ११ बजे आयोजना हुने उक्त बैठकमा पार्टी सभापति रवि लामिछानेले सांसद तथा मन्त्रीहरूलाई आवश्यक निर्देशन दिने कार्यक्रम छ।

पार्टीका एक नेताका अनुसार बैठकमा पछिल्लो समय देखिएको असमझदारी तथा समग्र संसदीय गतिविधिबारे समीक्षा हुनेछ। सांसदहरूको अभिव्यक्ति र सार्वजनिक गतिविधि मर्यादित हुनुपर्नेमा जोड दिँदै संसदीय अनुशासन उल्लङ्घन गरेको आरोप लागेका सांसदहरूलाई सचेत गराइने बताइएको छ।

यसअघि, मंगलबारको प्रतिनिधिसभा बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालको जवाफप्रति असन्तुष्टि जनाउँदै सांसद आशिका तामाङले पुनः प्रश्न गर्न खोज्दा सभामुख डीपी अर्यालले संसदीय मर्यादाको ख्याल गर्न सचेत गराएका थिए। बोल्ने समय नपाएपछि सांसद तामाङ बैठक छाडेर बाहिरिएकी थिइन्।

ranechhap