पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित सिद्धबाबा सुरुङमार्गको पाल्पातर्फ प्रवेश गर्ने बिन्दुभन्दा करिब १०० मिटर उत्तरतर्फ पहिरो खस्दा सिद्धार्थ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।
माथिबाट निरन्तर पहिरो खसिरहेको प्रहरीले जनाएको छ । पहिरोका कारण सडकमा सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ । पहिरो पन्छाएर सडक खुलाउन दोभान प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा ट्राफिक प्रहरीसहित पाँच जनाको टोली घटनास्थलमा खटिएको छ ।
पहिरो पन्छाउन जेसिबी तयारी अवस्थामा राखिएको र पहिरो खस्न रोकिएलगत्तै सडक खुलाउने काम सुरु गरिने प्रहरीले जनाएको छ ।
सडक अवरुद्ध भएपछि यात्रु तथा सवारीसाधनलाई जोखिम मोलेर अघि नबढ्न प्रहरीले आग्रह







































