वि.सं.२०८३ साउन २३ शनिवार

कांग्रेस आधिकारिकता विवाद–सभापति शेरबहादुर देउवाले दिएको पुनरावलोकन निवेदनमा आज सुनुवाइ हुँदै

khanepani

काठमाडौँ । नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी सर्वोच्च अदालतले दिइएको आदेशउपर निवर्तमान सभापति शेरबहादुर देउवाले दिएको पुनरावलोकन निवेदनमा आज सुनुवाइ हुँदैछ ।

देउवाले दिएको पुनरावलोकनउपर आज पूर्ण इजलासमा सुनुवाई हुन लागेको हो ।

पूर्णइजलाशपछि निर्णय आउने सम्भावना छ ।

पुनरावलोकनको सुनुवाई प्रधानन्यायाधीश मनोज शर्मा, न्यायाधीश नित्यानन्द पाण्डे र श्रीकान्त पौडेलको इजलासमा परेको छ ।

सुनुवाइपछि पुनरावलोकनको निस्सा दिने–नदिने विषयमा इजलासले निर्णय गर्नेछ ।

ranechhap