वि.सं.२०८३ साउन २२ शुक्रवार

ललितपुरको ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु,१० जना घाइते

khanepani

काठमाडौँ । ललितपुरको ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कोटेश्वरबाट सातदोबाटोतर्फ जाँदै गरेको बा.२ ख ३५९० नम्बरको बस बिहीबार बिहान ग्वार्कोस्थित पुलको पर्खालमा ठोक्किएको हो ।

दर्घटनामा परेर एक जनाको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले बताए ।

प्रहरी वृत्त सातदोबाटोका डीएसपी वकिल सिंह नेतृत्वको प्रहरी टोलीले घटनास्थलबाट घाइतेहरूको उद्धार गरेको छ । दुर्घटनामा परेर १० जना घाइते भएका छन् । उनीहरूलाई बीएण्डबी अस्पतालमा पठाइएको छ ।

ranechhap