वि.सं.२०८३ साउन १६ शनिवार

कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ र मुख्यमन्त्री हिक्मत कुमार कार्कीबीच आज बिहान भेटघाट

khanepani

विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ र मुख्यमन्त्री हिक्मत कुमार कार्की बीच आज बिहान भेटघाट भएको छ।

प्रदेशको समसामयिक विषय र आगामी नीतिहरूका बारेमा छलफल भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको जानकारी दिएको छ।

प्रदेश प्रमुखसँगको भेटघाटमा प्रदेशमा सामाजिक सद्भाव, सदियौदेखिको एकता र धार्मिक सहिष्णुतालाई कायम राख्दै प्रदेशलाई सहज ढङ्गले अगाडि बढाउने लगायतका विषयमा पनि छलफल भएको छ।

मुख्यमन्त्री हिक्मत कुमार कार्की आज बिहान प्रदेश प्रमुखलाई प्रदेशका नियमित गतिविधि र समसामयिक परिस्थितिका बारेमा जानकारी गराउन निवास पुगेका थिए।

ranechhap