जनकपुरधाम । सुनसरीमा मृतक परिवारबीच सहमतिपछि गृहमन्धी सुधन गुरुङ आज मधेश प्रदेशका विभिन्न जिल्ला आउने भएका छन् ।
मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख डिआइजी ओम अधिकारीका अनुसार गृहमन्त्री सुधन गुरुङ आज मधेश आउने भनिएको बताएका छन् ।
उनका अनुसार मन्त्री ज्यु आउने भनिएको छ, तर समय भने तय भइनसकेको जनाए । कुरामा उनले मधेश प्रदेशका विभिन्न जिल्ला बढ्दै गरेको सुरक्षा संवेदनशीलताको विषयमा बुझ्न आउन लागेको हो ।
स्रोतका अनुसार उनी सिरहा १ बजेसम्म आइपुग्ने बताइएको छ । सिरहापछि उनी धनुषा हुँदै पर्सा जानेछ । धनुषा रहदाँ उनी विभिन्न धार्मिक प्रतिनिधिहरुबीच छलफल, संवाद र वार्ता गर्ने बुझिएको छ ।







































