वि.सं.२०८३ असार ३१ बुधवार

एक क्वीन्टल गाँजासहित दुई जना पक्राउ

khanepani

हेटौँडा । आज बिहान चितवनबाट हेटौँडा आइरहेको योद्धा पिकअपमा १ सय ९ केजी गाँजा बरामद भएको छ । गाँजासहित २ जना पक्राउ परेका छन् ।

मकवानपुरको मनहरी–८ सिमपानीमा चेकजाँचक्रममा बा.प्र.०१(०२६ च ४८९३ नम्बरको योद्धा पिकअपमा १५ पोका गाँजा बरामद भएको हो ।

गाँजासहित चालक धादिङ, गजुरी–७ किरानचोकका ४१ वर्षीय सुमन तामाङ र १९ वर्षीय ईरोज तामाङलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ ।

ranechhap