काठमाडौँ । नेकपा एमालेका सांसद राजेन्द्र राईले सभामुख डीपी अर्यालले पाँच वर्ष संसद् चलाउन नसक्ने बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा सांसद राईले गरेको व्यवहारले सभामुखले पाँच वर्ष संसद् चलाउन नसक्ने बताएका हुन् ।
‘तपाईंको व्यवहारले तपाई पाँच वर्ष संसद् चलाउनुहुँदैन, मैले बुझिसके, खुट्टी हेरिसके’, उनले भने, ‘के कुरा भन्दैछु सुन्नुपर्छ पर्दैन ? ’
यस अघि सभामुख अर्यालले राईलाई समय दिएका थिए । सभामुखको समय पाएपछि माइक समातेर राईले सभामुखज्यू तपाईं कान सुन्नुहुन्छ कि हुँदैन ? भनेर कुरा सुरु गर्न लाग्दा सभामुखले आचरण विपरित बोलेको भन्दै राईलाई समय नदिने भन्दै अर्का सांसद परशुराम तामाङलाई समय दिएका थिए । तामाङ पनि बोल्न चाहेनन् ।
त्यसपछि एमाले सांसदहरू उठेर विरोध गरेका थिए । पुन:सभामुख अर्यालले राईले गल्ती स्वीकारेको भन्दै बोल्न समय दिए तर एमाले सांसद राई बोल्न थालेपछि सभामुखले पुन सचेत गराए र बैठक स्थगित गरे ।






































