काठमाडौ । अभिभावकलाई मुख्यमन्त्री बानियाँको ढाडस–‘तपाईंहरु जीवनयापनको लागि संघर्ष गर्नुहोस्, छोराछोरी पढाउन प्रदेश सरकार छ’ वागमती प्रदेश सरकारको प्राविधिक उच्च शिक्षा छात्रवृत्तितर्फ छनोट भएका ७ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ ।
सिमान्तीकृत तथा विपन्न परिवारका ७ जना विद्यार्थीलाई प्राविधिक उच्च शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यले सञ्चालन गरेको ‘शैक्षिक छात्रवृत्ति कार्यक्रम’ अन्तर्गत पहिलो चरणमा छनोट भएका ७ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो ।
मंगलवार ललितपुरमा एक कार्यक्रम आयोजना गरी प्रदेश सरकारले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको उपस्थितिमा प्राविधिक उच्च शिक्षा छात्रवृत्ति वितरण समेत गरेको छ ।
मुख्यमन्त्री बानियाँको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले गरेको घोषणा बमोजिम सामाजिक विकास मन्त्रालयले ‘शैक्षिक छात्रवृत्ति निर्देशिका, २०८३’ जारी गरी यो कार्यक्रम कार्यान्वयनमा ल्याएको हो ।






































