काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मुल्य तोलाको ९ सयले घटेर तोलाको २ लाख ८७ हजार एक सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको २ लाख ८८ हजारमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५५ रुपैयाँले घटेर तोलाको ४५०० मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ४५५५ मा कारोबार भएको थियो ।







































