काठमाडौ । संयुक्त राष्ट्रसंघकी उपमहासचिव अमिना मोहम्मदले आगामी महासचिवको निर्वाचनमा आफू उम्मेदवार नहुने स्पष्ट पारिन् ।
मंगलवार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले आफू यस पदको दौडमा नरहेको जानकारी दिईन ।
सम्बोधनका क्रममा उपमहासचिव मोहम्मदले भनिन्, ‘महासचिव पदको उम्मेदवार बन्ने मेरो कुनै मनशाय छैन ।
महासचिवको जिम्मेवारी अत्यन्तै गम्भीर र महत्वपूर्ण हुन्छ । विगत साढे नौ वर्षदेखि महासचिव एन्टोनियो गुटेरेससँग सहकार्य गर्न पाउनु मेरा लागि गर्व र सम्मानको विषय हो ।’







































