काठमाडौ । नेपाली बजारमा आज (शुक्रबार) सुनको भाउ बढेको छ भने चाँदी घटेको छ।
बिहीबार तोलामा पाँच हजार दुई सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला आठ सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७९ हजार एक सय रूपैयाँमा किनबेच भइरहेको छ।
बिहीबार सुन प्रतितोला दुई लाख ७८ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, शुक्रबार चाँदीको मूल्य भने घटेको छ।
बिहीबार प्रतितोला चार हजार दुई सय ३५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार एक सय ८० रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सय ५५ रूपैयाँ घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार १२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।







































