वि.सं.२०८३ जेठ २५ सोमवार

राप्रपाले सार्‍यो केन्द्रीय समिति बैठक

khanepani

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय समिति बैठकको मिति केही समय पर सारेको छ ।

पार्टी प्रवक्ता मोहन श्रेष्ठले जेठ २८ र २९ गते हुने भनिएको बैठक विशेष कारणवश असार ५ र ६ गते काठमाडौँमा बस्ने तय भएको जानकारी दिए ।

बैठकमा राजनीतिक, आर्थिक एवं सचिवालय सम्बन्धि प्रतिवेदनहरू पेस हुने उनले बताए ।

बैठकमा समसामयिक परिस्थितिको समीक्षा, संविधान संशोधनका सम्बन्धमा पार्टीको दृष्टिकोण, साङ्गठनिक सुदृढीकरण, सबै तहको अधिवेशन, पार्टीको महाधिवेशनको तयारी एवं महाधिवेशनको मिति समेत तय हुने राप्रपाले जनाएको छ ।

ranechhap