वि.सं.२०८३ जेठ २० बुधवार

कृत्रिम व्यवसाय खडा गरी कर्जा दुरुपयोग गरेको आरोपमा राम जानकी फाउण्डेशनका सञ्चालक पक्राउ

khanepani

काठमाडौं । शेल कम्पनी खडा गरी पटक–पटक बैंक कर्जाको दुरुपयोग गरेको आरोपमा एक जना पक्राउ परेका छन् । राम जानकी हेल्थ फाउण्डेसनका सञ्चालक समितिका अध्यक्ष ओमप्रसाद पाण्डेलाई केन्द्रीय अनुसन्धान ब्यूराेले पक्राउ गरेको हाे ।

पाण्डे इन्सिच्युड अफ एग्रिकलचर फरेस्ट एण्ड भेटनरी साइन्स प्रालिमा पनि सञ्चालक रहेका छन्।

उनले बर्दिवास– ६, महोत्तरीस्थित इन्ष्टिच्युट अफ एग्रीकल्चर, फरेष्ट एण्ड भेटेनरी साइन्सेज प्रालि नामक कृत्रिम कम्पनी खडा गरी डीपीआर बिना र धितोको अस्वभाविक रुपमा बढी मूल्यांकन गराई कर्जा लिएका थिए ।

सीआईबीद्वारा जारी विज्ञप्तिमा प्रभु बैंकबाट जुन प्रयोजनको लागि कर्जा लिएको हो, सो को अन्यत्र प्रयोग गरी पटक पटक कर्जाको दुरुपयोग भएको उल्लेख छ । उनलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसुरमा संलग्न भएको आरोप लगाइएको छ ।
पक्राउ परेका पाण्डे काठमाडौंको रातोपुलमा राम जानकी हेल्थ फाउण्डेसन, सञ्चालक समितिका अध्यक्ष हुन् । उनी बुधबार धनुषाको क्षिरेश्वरनाथ नगरपालिका– १, रमदैयास्थित जानकी मेडिकल कलेजको प्राङ्गणबाट पक्राउ परेका हुन् ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ranechhap