काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आफू मातहतका सबै सदस्यलाई यात्रुको ४० किलोसम्मको लगेजमा ट्याग अनिवार्य गर्न परिपत्र गरेको छ ।
यसअघि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र महासंघबीच भएको सम्झौता कार्यान्वयनका लागि यस्तो परिपत्र गरिएको महासंघका महासचिव डेकनाथ गौतमले जानकारी दिए ।
उनका अनुसार अब ४० किलोसम्मका सामान, सुटकेस, ब्याग, झिटीगुम्टामा लगेज टोकन अनिवार्य गर्नुपर्ने छ । यो छोटो तथा लामो दूरीका सवारी साधनमा अनिवार्य गर्न महासंघले भनेको छ ।
टोकनमा बुकिङ गर्ने कर्मचारी, चालक र कम्पनीको नाम उल्लेख गर्नुपर्ने समेत परिपत्रमा उल्लेख छ ।







































