वि.सं.२०८३ जेठ १४ बिहीवार

पार्टी एकताका लागि जसपा नेपालले गठन गर्‍यो वार्ता समिति

khanepani

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले विभिन्न दलसँग एकता तथा सहकार्यका लागि वार्ता गर्न समिति गठन गरेको छ ।

वार्ताका लागि पार्टी केन्द्रीय समितिका सदस्य रकम चेम्जोङ, रेणु यादव र डा.सुरेन्द्रकुमार झालाई जिम्मेवारी दिइएको हो ।

हालै जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीबिच एकता सम्पन्न भइसकेको छ । दुई पार्टीबिच समायोजन प्रक्रिया पनि अगाडि बढिसकेको छ । सो पार्टीले समायोजनका लागि विभिन्न कार्यदल गठन गरेको तथा अन्तरक्रिया कार्यक्रमहरू सञ्चालन गर्ने भएको छ ।

उक्त पार्टीले डा.सिके राउत अध्यक्ष रहेको जनमत पार्टीसँग एकताका लागि छलफल पनि जारी राखेको छ । जसपा नेपालका केन्द्रीय सदस्य डा.सुरेन्द्र झाका अनुसार जनमत पार्टीसँग एकताको कुरा सकारात्मक रूपमा अगाडि बढेको छ ।

एकताको विषयमा अध्यक्ष तहमै कुराकानी भएको बताउँदै उनले अन्य नेताहरूको बिचमा कुराकानी चलिरहेको बताए । एकताका लागि दुवै दल सकारात्मक देखिएका छन् ।

ranechhap