वि.सं.२०८३ जेठ १५ शुक्रवार

सर्वोच्च अदालतमा आज र भोलि दुई दिन आंशिक रूपमा खुला रहने

khanepani

काठमाडौँ । सर्वोच्च अदालतमा आज र भोलि दुई दिन आंशिक रूपमा खुला रहने भएकाे छ ।

सर्वोच्च प्रशासनका अनुसार लगातार चार दिन सार्वजनिक बिदा भएपछि अदालतले बन्दीप्रत्यक्षीकरण रिट दर्ता र सुनुवाइका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अदालत खुला गर्ने भएको हो ।

आज बकर इद, भोलि गणतन्त्र दिवस र त्यसपछि शनिबार र आइतबार परेकोले लगातार चार दिन सार्वजनिक बिदा परेको हो ।

ranechhap