वि.सं.२०८३ जेठ १५ शुक्रवार

त्याग र भाइचाराको पर्व बकर ईदले सामाजिक सद्भाव बलियो बनाउने प्रचण्डको विश्वास

khanepani

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुस्लिम समुदायको महान् चाड बकर ईद (ईद-उल-अधा) को अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण मुस्लिम दाजु भाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।

चाडको पावन अवसरमा एक शुभकामना सन्देश जारी गर्दै संयोजक प्रचण्डले बकर ईद त्याग, सद्भाव, मानवता र आपसी भाइचाराको प्रतीक रहेको उल्लेख गर्दै यसले समाजमा सकारात्मक ऊर्जा सञ्चार गर्ने विश्वास व्यक्त गरे।

आफ्नो सन्देशमा प्रचण्डले विविधतायुक्त नेपाली समाजको सुन्दरता नै आपसी सद्भाव र एकता रहेको कुरामा जोड दिएका छन्। उनले त्याग र समर्पणको सन्देश दिने यस महान् पर्वले समग्र नेपाली समाजमा धार्मिक सहिष्णुता, आपसी एकता र सामाजिक सद्भावलाई अझ बढी बलियो र सुदृढ बनाउन महत्वपूर्ण प्रेरणा प्रदान गरोस् भन्ने कामना समेत गरेका छन्।

ranechhap