काठमाडौँ । राष्ट्रिय सभाको बैठक जेठ १३ गते बस्ने गरी स्थगित भएको छ।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले जेठ १३ गते दिउँसो सवा एक बजे बस्ने गरी बैठक स्थगित गरेका हुन्।
राष्ट्रिय सभामा वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ पेस भएको छ । सिंहदरबारमा जारी राष्ट्रिय सभामा राष्ट्रिय सभाका सचिव तुल बहादुर कंडेलले सो विधेयक पेस गरेका हुन्।
यो विधेयक विपक्षीहरूको नाराबाजीबिच बिहीबार प्रतिनिधि सभाबाट पारित भएको थियो । त्यही विधेयक आज राष्ट्रिय सभामा पेस गरिएको हो।
अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ पारित गरेको छ । यो विधेयक छलफलपछि सर्वसम्मतिले पारित गरिएको हो।









































