वि.सं.२०८३ जेठ ८ शुक्रवार

रवि लामिछानेलाई रास्वपा सांसदहरुले सोधे, सुकुम्बासी व्यवस्थापनको नाममा मनपरी भयो, पार्टीको धारणा के हो ?

khanepani

काठमाडौ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद इन्दिरा राना मगरले पार्टी सभापति रवि लामिछानेलाई सुकुम्बासी बस्ती व्यवस्थापनको विषयमा पार्टीको औपचारिक धारणा के हो ? भन्दै प्रश्न गरिन् ।

शुक्रवार सिंहदरबारस्थित संसदीय दलको पार्टी सभापति लामिछानेले कोशी प्रदेशका सांसदहरुसँग छलफल गरे ।

उक्त छलफल सांसद राना मगरले सुकुम्बासी बस्ती हटाउने सरकारको कार्यबारे पार्टीको स्पष्ट धारणा आउनुपर्ने बताईन । उहाँले छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै स्थानीय तहहरूले सुकुम्बासी व्यवस्थापनको नाममा मनपरी ढंगले काम गरिरहेको भन्दै पार्टीको धारणा बुझ्न चाहेको बताईन् । उहाँले केन्द्रीय सरकारको निर्देशन भएको भन्दै झापाका स्थानीय तहले सुकुम्बासी बस्ती हटाउन भन्दै सूचना जारी गरिरहेको भन्दै आपत्ति समेत जनाइन ।

सांसद राना मगरले काठमाडौंमा सरकारले सुकुम्बासी हटाएको घटनालाई आधार बनाएर झापालगायतका स्थानीय तहहरूले धमाधम खाली गराउने सूचना जारी गर्नु उचित नभएको बताईन् ।

ranechhap