वि.सं.२०८३ जेठ ६ बुधवार

मलेसियाविरुद्ध महिला टीमको कठिन जित, ६८ रनको लक्ष्य पछ्याउन ८ विकेट खपत

khanepani

काठमाडौं । मलेसियाविरुद्धको पहिलो टी २० म्याचमा नेपाली महिला टोलीले २ विकेटको कठिन जित हात पारेको छ । मलेसियाको बुयनास ओभलमा आयोजित म्याचमा ६८ रनको झिनो लक्ष्य भेट्टाउन पनि नेपाली ब्याटरहरुले कडा संघर्ष गर्नुपरेको थियो ।

नेपालकी ओपनर सम्झना खड्काबाहेक कसैले पनि विकेटमा टिक्ने धैर्यता देखाएनन् । सम्झनाले पनि अन्त्यतिर धैर्यता गुमाइन् । नेपाललाई जितका लागि ७ रन बाँकी छँदा आठौं विकेटका रुपमा उनी आउट भएपछि खेल रोमाञ्चक बनेको थियो । सम्झानाले ३९ बलमा ३२ रन जोडेकी थिइन् ।

नवौं नम्बरमा आएकी कविता जोशीले दुई आक्रमक सट हान्दै स्कोर बराबरीमा पुर्याइन् । रिया शर्माले १७.३ ओभरमा विजयी चौका प्रहार गरिन् ।

यस अघि पहिलो इनिङमा नेपालले उत्कृष्ट बलिङ गर्दै मलेसियालाई ६७ रनमा रोकेको थियो । नेपालकी पूजा महतोले ३ विकेट लिइन् । रिया शर्मा र मनिषा उपाध्यायले २-२ विकेट बाँडे । मलेसियाकी एकजना ब्याटरले मात्रै दोहोरो अंकमा रन बटुलेकी थिइन् ।

नेपालले एसियन गेम्स महिला टी २० क्वलिफायरको तयारीस्वरुप मलेसियासँग दुई म्याचको टी २० सिरिज खेल्दैछ ।

ranechhap