वि.सं.२०८३ जेठ ६ बुधवार

श्रम संस्कृतिले संसदमा आज पनि देखायो प्लेकार्ड, सभामुखले दिए चेतावनी

khanepani

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभामा आज पनि प्लेकार्ड देखाएर प्रधानमन्त्रीलाई संसदप्रति जवाफदेहि बनाउन माग गरेका छन् ।

मंगलबारको प्रतिनिधि सभाको बैठक शुरु हुनै लाग्दा अध्यक्ष साम्पाङले प्रधानमन्त्रीलाई संसदप्रति जवाफ देखि बनाउनुपर्छ र प्रश्न देखि भाग्न पाइदैन भन्ने लेखिएको प्लेकार्ड देखाएर सभामुखको ध्यानाकर्षण गराएका थिए ।

उनले यस अघि पनि यस्तै पर्चा देखाएर विरोध गरेपछि सभामुख डिपी अर्यालले संसदमा प्लेकार्ड देखाएर विरोध गर्न नपाइने भन्दै सचेत गराएका थिए । सभामुखले नियमित रुपमा संसदमा मर्यादा विपरित प्लेकार्ड देखाएकोप्रति चेतावनी दिएका छन् ।

ranechhap