वि.सं.२०८३ वैशाख २८ सोमवार

बालेन नआएपछि कांग्रेसले बहिष्कार गर्‍यो राज्य व्यवस्था तथा सुशासन समितिको बैठक

khanepani

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बहिष्कार गरेको छ।

प्रधानमन्त्री बालेन साह बैठकमा उपस्थित नभएपछि कांग्रेसले असन्तुष्टि जनाउँदै बैठक बहिष्कार गरेको हो।

प्रधानमन्त्री बालेन यस अघिको बैठकमा पनि सहभागी थिएनन्। आज ११ बजे बस्ने गरी बोलाइएको बैठकमा आफूहरू सहभागी नभएको संसदीय दल नेता भीष्मराज आङ्देम्बेले बताए।

गृह मन्त्रालय समेत सम्हालेका प्रधानमन्त्री बालेनसँग कांग्रेसले सुकुम्वासी बस्तीमा डोजर लगाएको विषयमा जवाफ मागिरहेको छ। तर, बैठकमा प्रधानमन्त्री नै नआउने भएपनि सहभागी हुनुको औचित्य नभएको उनको भनाइ छ।

समितिमा कांग्रेसबाट आङ्देम्बेसहित सचेतक निश्कल राई, सांसदद्वय अर्जुननरसिंह केसी र रेखाकुमारी यादव सदस्य छन्।

ranechhap