वि.सं.२०८३ वैशाख २८ सोमवार

इरानद्वारा ह्वाइट हाउसकी प्रेस सचिव लेभिटलाई बधाई दिँदै ट्रम्पमाथि कटाक्ष

khanepani

एजेन्सी । ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलाइन लेभिटलाई आमा बनेकोमा इरानले बधाई दिएको छ। साथै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि पनि कटाक्ष गरिएको छ।

लेभिटले ७ मेमा एक्समा पोस्ट गर्दै आफूले छोरी जन्माएको जानकारी दिएकी थिइन्। त्यसपछि विभिन्न देशस्थित इरानी दूतावासहरूले त्यसबारे प्रतिक्रिया दिएका हुन्।

आर्मेनियास्थित इरानी दूतावासले उनको पोस्ट पुनः सेयर गर्दै लेखेको छ, ‘तपाईंलाई बधाई। बच्चाहरू निर्दोष र प्यारा हुन्छन्। तपाईंका मालिक (डोनाल्ड ट्रम्प)ले मिनाबको विद्यालयमा मारिएका १६८ बालबालिका पनि बच्चा नै थिए, जसको तपाईंले समर्थन गर्नु भयो।’

अगाडि लेखिएको छ, ‘जब तपाईं आफ्नो बच्चालाई चुम्बन गर्नुहुन्छ, ती बालबालिकाका आमाहरूलाई पनि सम्झनुहोस्।’

अमेरिका र इजरायलले यही वर्ष २८ फेब्रुअरीमा इरानमाथि आक्रमण गरेका थिए।

इरानको दाबी अनुसार उक्त आक्रमणमा मिनाब सहरको एउटा विद्यालय पनि निशानामा परेको थियो, जसमा १६८ बालबालिकाको मृत्यु भएको थियो।

ranechhap