काठमाडौं । नेपाल धितोपत्र बोर्ड ९सेबोन०को अध्यक्ष नियुक्त गर्न बनेको सिफारिस समितिका संयोजकले राजीनामा दिएका छन् । अध्यक्ष सिफारिसका लागि गठन गरेको समितिबाट गुणाकर भट्टले राजीनामा दिएका हुन् ।
सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष भट्टको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो । जसको संयोजकमा भट्ट थिए भने अन्य दुई सदस्यमा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र विज्ञ सदस्य भुवन कुमार दाहाल रहेका छन् ।
सेबोनको अध्यक्ष बन्नका लागि ४७ जनाको आवेदन परेको छ । जसमध्ये भट्टका नातेदार एक जनाको पनि आवेदन परेका कारण उनले सिफारिस समितिबाट राजीनामा दिएका स्रोतको भनाई छ ।
भट्टको राजीनामासँगै सेबोनले तत्काल अध्यक्ष नपाउने भएको छ । सरकारले अब सिफारिस समितिको संयोजक नियुक्त गरेपछि मात्रै सेबोनको अध्यक्ष नियुक्तिको प्रक्रिया अघि बढ्नेछ ।








































