वि.सं.२०८३ वैशाख २४ बिहीवार

सरकारले पोखरा विमानस्थल सञ्चालनमा ध्यान दिनुपर्छ : सांसद गुरुङ

khanepani

काठमाडौं । रास्वपाकी सांसद विना गुरुङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सहज ढंगले संचालनमा ल्याउन सरकारसँग माग गरेकी छन् ।
बिहीबार संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले सरकारले कूटनीतिक पहल गरी उक्त विमानस्थल सञ्चालनका लागि तत्काल पहल गर्नुपर्ने बताएकी हुन् ।

सांसद गुरुङले नेपालको पर्यटन प्रवर्द्धननमा भारत र चीनको महत्त्वपूर्ण योगदान हुने उल्लेख गर्दै उनीहरूलाई सहज ढंगले नेपाल भित्र्याउनका लागि पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको आवश्यक व्यवस्था सरकारले गर्नुपर्ने स्पष्ट पारिन् ।

सांसद गुरुङले पोखरामा रहेका तालतलैयाको पनि सरकारले उचित व्यवस्था गर्नुपर्ने बताइन् ।

उनले भनिन्, ‘इन्टरनेसनल एयरपोर्ट पनि पोखरामा छ । तर यसलाई चलायमान बनाउन सकिएको छैन । यसलाई कूटनीतिक पहल गरेर चलायमान बनाइयोस् । यसमा सरकारको विशेष ध्यान जाओस् भनेर पनि सरकारलाई निवेदन गर्न चाहन्छु । चीन र भारत ठूल्ठूलो जनसंख्या भएको मुलुक छ । यसबाट ठूलो मात्रामा पर्यटकहरु नेपाल भित्र्याउन सकिने सम्भावना छ । यसका लागि पोखरा र भैरहवा इन्टरनेशनल एयरर्पोट संचालन सहज ढंगले होस भन्न चाहन्छु ।’

सांसद गुरुङले टेलिफोनमा देखिएको नेटवर्किङको समस्या समाधानमा पनि ध्यान दिन सरकारलाई सचेत गराइन् ।

ranechhap