वि.सं.२०८३ वैशाख २३ बुधवार

नेकपा माओवादीले भन्यो, ‘सुकुम्वासी बस्तीमा डोजर चलाएर बालेन सरकारले जंगली चरित्र देखायो’

khanepani

काठमाडौं । नेकपा माओवादीले प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले राज्यका तीनवटै सुरक्षा निकाय (नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी) परिचालन गरी सुकुम्वासी बस्तीमाथि डोजर आक्रमण र वर्वर दमन गरेको भन्दै आपत्ति जनाएको छ।

प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले विज्ञप्ति जारी गर्दै लाखौँ भूमिहीन जनता र सुकुम्वासी समस्याबारे अध्ययन, तथ्यपरक छानबिन र समाधानको ठोस वैकल्पिक कार्ययोजना विना डोजर आक्रमण गर्नु सरकारको निरङ्कुशता र जंगली चरित्रको पराकाष्ठ भएको जनाएका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘सुकुम्वासी जनतामाथिको पासविक हमलालाई तत्काल रोकी वास्तविक भूमिहीन र सुकुम्वासीलाई वैकल्पिक बसोबास र भूमिको व्यवस्था गर्न हाम्रो पार्टी सरकारसँग जोडदार माग गर्दछ ।’

सुकुम्वासी आन्दोलनमा पार्टीको समर्थन रहेको जानकारी दिँदै पार्टीपंक्तिलाई साथ दिन निर्देशन समेत दिएको छ।

ranechhap