काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ गृहमन्त्रीको पदभार सम्हालेको २६ दिनमै गृह मन्त्रालयबाट बिदा भएका छन् । विवादित व्यापारी दीपक भट्टसँग व्यापारिक सेयर साझेदारी रहेको खुलेसँगै विवादमा तानिएका उनले बुधबार पदबाट राजीनामा दिएका हुन् ।
गुरुङ चैत १३ गते गृहमन्त्रीमा नियुक्त भएका थिए । पदमा आएसँगै ‘ठुला माछा’ समाउने कार्यमा आक्रामक देखिएका उनी केही दिन अघि भने आफ्नै विवादित लगानीका कारण आलोचित बनेका थिए । उनले राजीनामा दिनुपर्ने चौतर्फी आवाज उठेपछि बाध्य भएर बुधबार राजनीनामा दिएका हुन् ।
उनको लिबर्टी माइक्रोलाइभ इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्समा लगानी देखिएका थियो ।







































