वि.सं.२०८३ वैशाख ५ शनिवार

इन्धन आयातमा लगाइने अप्रत्यक्ष कर स्थायी रूपमा घटाइयोस् : कांग्रेस सांसद थापा

khanepani

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनीलबहादुर थापाले इन्धन आयात लाग्ने कर तथा अप्रत्यक्ष शुल्कलाई स्थायी रूपले नै घटाउन आग्रह गरेका छन् ।

राष्ट्रिय सभाको बुधबार बसेको बैठकको विशेष समयमा उनले यस्तो आग्रह गरेका हुन् ।

सरकारले गरेको इन्धन आयातमा कर तथा अप्रत्यक्ष शुल्क घटाउने निर्णयलाई स्वागत गर्दै उनले यसलाई दीर्घकालीन रूपमा नै लैजान वा कर पुनरावलोकन गर्न सुझाव दिए ।

उनले इन्धनको मूल्य सुपथ बनाउँदा समग्र अर्थतन्त्र नै चलायमान हुने बताए ।

उनले हाल मध्येपूर्वमा भइरहेको युद्धका कारण इन्धन आपूर्तिमा समस्या देखिएको बताउँदै भारत सरकारसँग सहकार्य गरेर निरन्तर आपूर्तिको सुनिश्चितता गर्न सरकारसँग आग्रह गरे ।

उनले भद्दे, ‘आजको युगमा कुनैपनि द्वन्द्वले विश्वभर प्रभाव पार्दछ । विशेषगरी नेपाल जस्तो भुपेरिवेष्टित देशमा यसको प्रभाव अझ बढी छ । हाम्रो उर्जा आपूर्ति भारतमार्फत निर्भर रहेको सन्दर्भमा म नेपाल सरकारलाई यस अवस्थालाई नजिकबाट निगरानी गर्न तथा भारत सरकारसँग समन्वय गरी इन्धन आपूर्तिमा निरन्तरताको सुनिश्चितता गर्न आग्रह गर्दछु ।’

उनले नेपाली नेपाली राजनीतिमा एकता, सहमति र सहकार्यको आवश्यक्ता देखिएको बताउँदै सरकारलाई राजनिनितिक दलहरूसँग संवाद गर्न सुझाव दिए ।

ranechhap