वि.सं.२०८३ वैशाख ७ सोमवार

प्रधानमन्त्री कपः कोशीको खराब लय जारी, शीर्ष चारको होडबाट बाहिर

khanepani

काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट अन्तर्गत कोशी प्रदेश पराजित भएको छ।

बुधबार जनकपुरमा बागमती प्रदेशसँग ७ विकेटले हार ब्यहोरेको कोशीको यो लगातार छैटौं हार हो। योसँगै कोशीको शीर्ष चारमा पुग्ने सम्भावना पनि समाप्त भएको छ। प्रतियोगितामा शीर्ष ४ मा रहने टोलीले जय ट्रफी खेल्ने प्रावधान छ ।

१०० रनको लक्ष्य पाएको बागमतीले ९ ओभरमा ३ विकेट गुमाएर लक्ष्य भेट्टायो। उसका लागि विवेक मगरले अविजित ६१ रनको योगदान दिँदा रिंगजिन लामा र प्रतिश जिसीले १७–१७ रन जोडे।

बलिङतर्फ कोशीका विपिन महतो दुई तथा ज्ञानेन्द्र श्रेष्ठले एक विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङ थालेको कोशी २८.२ ओभरमा ९९ रनमै अलआउट भयो।

सुजन थपलियाले २१, अंकित सुवेदीले १९, रोहन शाहले १८ तथा शिवास बजगाईंले १० रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बलिङतर्फ बागमतीका सन्दीप लामिछाने एक्लैले पाँच विकेट लिए। यस्तै, रिजन ढकालले दुई तथा प्रतिश जिसी र इशान पाण्डेले एक–एक विकेट लिए।

ranechhap