वि.सं.२०८३ वैशाख ३ बिहीवार

चिया किसानको समस्या समाधान गर्न भारतसँग कूटनीतिक पहल गर्न सरकारसँग सांसद राईको माग

khanepani

काठमाडौं । नेपाली कांग्रेसका सांसद निश्कल राईले चिया किसान र उद्यमीले भोगिरहेका समस्याप्रति सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद राईले आफ्नो क्षेत्रमा यतिबेला किसानहरू चियाको पहिलो मुना टिप्न व्यस्त रहे पनि मेहनत अनुसारको उचित मूल्य नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराए।

उनले भने, ‘उत्पादन लागतको आधारमा निर्धारण गरिनुपर्ने चियाको न्यूनतम समर्थन मूल्यसमेत किसानले पाउन पाउन सकेका छैनन्। किसानहरूले मल अभावको समस्या समेत झेलिरहेका छन्। एकातिर किसान पीडित छन् भने अर्कोतर्फ चिया उद्यमीहरू पनि समस्यामा छन्।’

हाल भारतको पश्चिम बंगाल सरकार तथा चिया तथा कफी विकास बोर्डका कारण समस्या भइरहेको उनले बताए। समस्या किसान वा उद्यमीको प्रयासबाट मात्र समाधान हुन नसक्ने भन्दै सरकारले कूटनीतिक पहलमार्फत दीर्घकालीन समाधान खोज्नुपर्ने बताए।

ranechhap