काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले अब सोमबारदेखि शुक्रबारसम्म शेयरकारोबार हुने भएको छ । आज बजेको नेप्से सञ्चालक समितिको बैठकले शुक्रवार शेयर कारोबार सञ्चालन गर्ने निर्णय गरेको हो ।
आइतबार सार्वजनिक बिदा दिने सरकाररी निर्णय कार्यान्वयन गरेसँगै शुक्रवार भने शेयर कारोबार खुल्ने भएको हो । नेप्सेका प्रवक्ता मुराहरी पराजुलीका अनुसार आइतबारको सट्टा शुक्रवार कारोबार खोल्ने निर्णय गरिएको हो । उनले भने, ‘सरकारले आइतबार बिदा दिने निर्णय गरेपछि यसदिन शेयर कारोबार पनि बन्द हुन्छ । जसले गर्दा शुक्रवार कारोबार खोल्ने निर्णय भएको छ ।’
आइतबारको मन्त्रिपरिषदको निर्णय अनुसार आइतबार र शनिबार सार्वजनिक बिदा पर्ने त्यसपछि शुक्रबार पनि शेयर बजार बन्द गर्नाले हप्तामा तीन दिन शेयर बजार बन्द हुने देखिएपछि नेप्से सञ्चालक समितिले शुक्रबार कारोबार गर्ने निर्णय गरेको हो । यसअघि शुक्रवार शेयर कारोबार बन्द हुने गरेको थियो ।
साताको पाँच दिन आइतबारदेखि बिहीबारसम्म शेयर कारोबार हुँदै आएकोमा अब सोमबारदेखि शुक्रवारसम्म कारोबार हुने भएको छ ।








































