वि.सं.२०८३ वैशाख ३ बिहीवार

२ हजार ६ सय रुपैयाँले घट्यो सुन, आज कतिमा हुँदैछ कारोबार ?

khanepani

काठमाडौं । पछिल्ला दुई दिनदेखि स्थीर रहेको सुनचाँदीको मूल्य आज सामान्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मुल्य तोलाको २ हजार ६ सय रुपैयाँले घटेको छ । जसअनुसार आज छापावाला सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ४ रुपैयाँ कायम गरिएको छ । यसअघि आइतबार सुन तोलाको २ लाख ९४ हजारमा कारोबार भएको थियो । जुन विहीबारदेखि कै मूल्य हो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५० रुपैयाँका दरले घटेको हो । जसअनुसार आज चाँदी प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँमा कायम भएको छ । यसअघि आइतबार भने चाँदी तोलाको ४ हजार ८ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।

ranechhap