वि.सं.२०८३ वैशाख ३ बिहीवार

केयूकेएल महाँकालचौर शाखाका द्वय थापा र अचार्य उजुरीकर्ता खोज्दै टेलिकमको ढोकामा

khanepani

काठमाडौं । अपराधी आफ्नो अपराध लुकाउन अर्को अपराध गर्न पछि पर्दैन । यतिबेला काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)मा त्यस्तै भएको छ, ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) विगतदेखि नै विवादमा तानिदै आएको सरकारी कम्पनी हो । नेपाल सरकार खानेपानी मन्त्रालयदेखि स्थानीय तह र नीजि संस्था नेपाल चेम्बर अफ कमर्श र नेपाल उद्योग बाणिज्य संघको समेत सेयर पुँजीबाट सञ्चालित कम्पनी हो ?

यसका सञ्चालक समितिका अध्यक्ष नेपाल चेम्बरका कमलेश अग्रवाल छन् भने सिइओ (प्रमुख कार्यकारी अधिकृत) मा अशोककुमार पौडेल कार्यरत छन् ।
यस संस्थाका महाँकालचौर शाखाका प्रमुख ई. प्रकाश थापा र केयूकेएल केन्द्रीय कार्यालयका प्रशासन तथा मानवस्रोत शाखाका प्रमुख विक्रम आर्चायको साँझ प्रायः दारुपानीमा डुबेरै सकिने गर्दछ । स्रोत भन्छ उनीहरुको बेलुकी सामान्य तन्दुरी क्याफेबाट शुरु भएर बेलुका ११ बजेसम्म दोहोरी, डिस्को र डान्सबारमा पुगेर अन्त हुन्छ । विक्रमको गाडी कहिले काहीँ बल्खुको ल्याब्रोटरी स्कुलको गेटअगाडि देख्न सकिन्छ ।

उनले गाडी बेलुका खानेपानीको सुन्दरीघाटमा राख्ने गर्दछन् । प्रायः राति दारुपानी र सुन्दरी जालमा फसेर बेलुका अबेर हुने भएपछि पालेले ढोका नखोलिदिदाँ गाडीले रात सडकमै बिताउनु पर्ने अवस्था आइरहेको हुन्छ ।

खानेपानीको आयोजनामा बोलपत्र ह्याक गरेको आरोप लागेका विक्रम र महाँकालचौरका थापा अहिले नेपाल टेलिकम र दुरसञ्चार प्राधिकरणतिरका व्यक्तिहरुका कल डिटेल खोज्न पैसा बोकेर हिंडिरहेको नेपाल टेलिकम स्रोतले बताएको छ ।

विना प्रतिस्पर्धा कामदार कर्मचारी भर्ना गरेको र महिला कर्मचारी मैत्री कार्यालय प्रमुख हुन नसकेको आरोपसहित खानेपानी मन्त्रालयमा उजुरी परेपछि केयूकेएलका भ्रष्टाचारीहरुको समुह उजुरीकर्ताको खोजीमा हिंड्नकै लागि बिदा लिएर बसेको बुझिएको छ । आफूले करारमा भर्ना गरेका र करारमा काम गरिरहेका, ठेकेदार कम्पनीमा काम गरिरहेका अब केयूकेएलकै कामदार हुने तयारीमा रहेका र कमाई हुने ठाउँमा बसेका महिला कर्मचारीहरुलाई उर्दि लगाएर थापा सर ठीक छन्, उजूरी गर्नेको छाला काड्ने भन्दै हिंड्ने कर्मचारीहरुको हैसियत के भन्ने प्रश्न उठ्न थालेको छ ।

नियम विपरीत नयाँ सरकारले काम थाल्नु अगाडि नियुक्ति गरिएका कामदारको नियुक्ति खारेजी गर्दै प्रतिस्पर्धामा कामदार नियुक्ति गर्नुपर्ने आवाजलाई कमजोर बनाउनकै लागि प्रशासन प्रमुख शिव भण्डारीले श्रीमती सिता खनालको जागीर जोगाउन र असारपछि अनिवार्य अवकाश भएपछि पनि सरकारी निवासमा बस्नकै लागि अनेक चाल रचेको जानकारवालाहरुले बताएका छन् ।

स्टोरमा हालिमुहाली मच्चाइरहन उमा उप्रेतीले सोझा र इमान्दार कार्मचारीहरुलाई उचालिरहेको पनि समाचार स्रोतले दावी गरेको छ । जे–जस्तो भए पनि हाकिम हुन् ? भित्रको कुरा भित्र नै सल्टाउनु पर्छ । बाहिर हल्ला गर्नु र उजुरी गर्नु गलत भएको भन्दै कर्मचारी युनियनका नेताहरु पनि थापाकै पक्षमा लागेको समाचार स्रोतले दावी गरेको छ ।

मासिक पारिश्रमिक कामदारलाई थापाको सिफारीसमा अबकाश दिएपछि करार र मासिक पारिश्रमिकमा काम गर्ने कामदारहरु थर्कमान भएका छन् । तीन तीन पटक स्पष्टिकरण खाएका कर्मचारीहरु समेत थापाको अपराधको साक्षी बसेर हिंड्ने गरेको समाचार स्रोतले दावी गरेको छ । उजुरी कर्ताहरुलाई मानसिक र नैतिक दवाव समेत दिई धाकधम्की दिइरहेको समाचार स्रोतले दावी गरेको छ ।

यतिबेला कर्मचारी युनियनहरुको समर्थन पाइने आशा र भरोसा भएका कर्मचारीहरु पनि आतंकित भएका छन् । खानेपानी मन्त्रालयका अधिकारीहरुलाई समेत प्रभावमा पार्ने उजुरी गर्ने मन्त्रालयमा गएको सिसिक्यामारा हेर्ने, हस्ताक्षर चेक जाँच गर्ने जस्ता तर्कहिन बेतुकका लफडाबाजी कुरामा केयूकेएल व्यवस्थापन लागेको आरोप पनि लागेको छ ।

थापाकै विषयमा नेपाली जनताले उजुरीको कपी हात पारेपछि केयूकेएलका केही कर्मचारीसँग जिज्ञासा राख्दा उनीहरु भन्छन्, मानिस फटाहा हो । जागिर खाएदेखि प्रमुख भएको छैन ? कुनै शाखामा सहायक पनि नभएको इन्जिनियर हो । काम गर्ने तरिका पनि थाहा छैन ? भाँती पुर्याएर बोल्न पनि आउँदैन ? टर्राे र रुखो बोली छ ? बोलीमा मिजास नभए पनि कोही कसैलाई चोट परेका हुन सक्छ ?

ranechhap