काठमाडौँ । जारी आइपिएलमा आज एक खेल हुदैछ । आज कोलकोता नाइट राइडर्स र पञ्जाव किंग्सबीच खेल हुदैछ । इडन गार्डेनमा हुने यो खेल नेपाली समय अनुसार साँझ ७: ४५ बजेदेखि शुरु हुने छ ।
जारी आइपिएलमा कोलकोताले खराब शुरुवात गर्दै आफ्ना शुरुका दुवै खेलमा हार बेहोरेको छ । कोलकोताले पहिलो खेल मुम्बई इण्डियन्ससँग हार बेहोरेको थियो भने दोस्रो खेलमा सनराइजर्स हैदरावादसँग हारेको थियो ।
त्यस्तै पञ्जाव किंग्सले भने यस सिजनमा उत्कृष्ट शुरुवात गर्दै आफ्ना शुरुका दुवै खेल जितेको छ । पञ्जावले पहिलो खेलमा गुजरात टाइटन्सलाई पराजित गरेको थियो भने दोस्रो खेलमा चेन्नई सुपर किंग्सलाई पराजित गरेको थियो ।
सम्भावित प्लेइङ ११:
पञ्जाब किंग्स: प्रभसिमरन सिंह (विकेटकिपर), कूपर कोनोली, श्रेयस अय्यर (कप्तान), नेहल वढेरा, शशांक सिंह, मार्कस स्टोइनिस, मार्को जेन्सेन, जेभियर बार्टलेट, अर्शदीप सिंह, विजयकुमार विशाक र युजवेन्द्र चहल ।
कोलकाता नाइट राइडर्सः फिन एलेन, अजिख्य रहाणे (कप्तान), अङ्करुश रघुवंशी (विकेटकिपर), क्यामरुन ग्रीन, रिंकु सिंह, अनुकुल रोय, रमनदीप सिंह, सुनील नारायण, कार्तिक त्यागी, वरुण चक्रवर्ती र वैभव अरोरा ।









































