वि.सं.२०८३ वैशाख १२ शनिवार

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिँदै गगन थापाले भने, ‘सकारात्मक प्रयासहरूमा कांग्रेसको रचनात्मक सहयोग रहन्छ’

khanepani

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह तथा मन्त्रिपरिषद्का नवनियुक्त मन्त्रीहरूमा बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा सभापति थापाले बधाई दिएका हुन् ।

उनले सरकारका सकारात्मक प्रयासमा कांग्रेसको रचनात्मक सहयोग रहने बताएका छन् ।‘देशको समुन्नति, नागरिक अधिकार रक्षा र सुशासनको लागि सरकारका हरेक सकारात्मक प्रयासहरूमा नेपाली कांग्रेसको रचनात्मक सहयोग र साथ रहने छ,’ थापाले फेसबुकमा लेखेका छन् ।

ranechhap