वि.सं.२०८३ वैशाख १३ आइतवार

पदभारपछि कानूनमन्त्री गौतमले भनिन्, ‘कानून सुधारलाई तीव्रता दिन्छौँ, सुशासन र समृद्धि प्राथमिकता’

khanepani

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री साेविता गौतमले सरकारको मुख्य ध्यान नीतिगत सुधारमार्फत दीर्घकालीन परिवर्तनमा केन्द्रित हुने बताएकी छन्।

पदभार ग्रहण गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री गौतमले जनताले दिएको बलियो म्यान्डेट अनुरूप कानून सुधारलाई तीव्र गतिमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरिन्।

कानून मन्त्रालयले प्रत्यक्ष रूपमा देखिने भन्दा पनि नीतिगत सुधारमार्फत दीर्घकालीन प्रभाव पार्ने काम गर्ने बताइन्। उनले भनिन्, ‘धेरै कानूनहरू संशोधन गर्नुपर्ने आवश्यकता छ भन्ने कुरा हामीले लामो समयदेखि सुन्दै आएका छौँ, अब ती सुधारलाई द्रुत गतिमा अगाडि बढाउनेछौँ।’

संसद् र सरकारबीच समन्वय गर्दै कानून निर्माण प्रक्रियालाई छिटो र प्रभावकारी बनाउने बताइन्। उनले विगतमा आफू संलग्न भएर बनाइएको विधायन सम्बन्धी ऐनलाई महत्त्वपूर्ण उपलब्धि भन्दै अब कानून निर्माण प्रक्रिया अझ पारदर्शी र पूर्व जानकारीसहित अघि बढ्ने बताइन्।

संसद् र सरकारबीच सन्तुलित सम्बन्ध आवश्यक रहेकोमा जोड दिँदै मन्त्री गौतमले शक्ति पृथकीकरणको सिद्धान्त अनुसार काम गरिने स्पष्ट पारिन्। उनले थपिन्, ‘संसद्ले सरकारलाई जबाफदेही बनाउनु पर्छ, सरकारले संसद्लाई कठपुतली जस्तो प्रयोग गर्नु हुँदैन।’

मन्त्री गौतमले लामो समयदेखि अल्झिएको संक्रमणकालीन न्यायको विषयलाई प्राथमिकतामा राख्ने बताइन्। ‘विगतमा अन्तिम चरणमा पुगेका कामहरू सरकार परिवर्तनका कारण रोकिएका थिए, अब ती विषयलाई टुङ्ग्याउनुपर्छ’ उनले भनिन्।

ranechhap