वि.सं.२०८३ वैशाख २ बुधवार

प्रधानमन्त्री सुशीला कार्कीका दुई सल्लाहकारले पदबाट दिए राजीनामा

khanepani

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीका दुई सल्लाहकारले पदबाट राजीनामा दिएका छन्।

मुख्य सल्लाहकार अजयभद्र खनाल र जनसम्पर्क सल्लाहकार गोविन्द नारायणले फरक फरक मितिमा राजीनामा बुझाएका हुन्।

सुशीला सरकारलाई सफल बनाउन दुवै सल्लाहकारहरुले अहम् भूमिका खेलेका थिए । प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएर परिणाम आएपश्चात उनीहरु दुवै जिम्मेवारीबाट बाहिरिएका छन्।

जनसम्पर्क सल्लाहकार गोविन्द नारायणले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै प्रधानमन्त्री कार्कीप्रति आभार प्रकट गरेका छन् ।

ranechhap