काठमाडौं । अर्थमन्त्री डा. रामेश्वर खनालले आजबाट आफ्नो ‘कुलिङ पिरियड’ सुरु भएको जनाउ दिएका छन् । निर्वाचन आयोगले राष्ट्रपति कार्यालयलाई चुनावी प्रतिवेदन बुझाएसँगै खनालले यस्तो घोषणा गरेका हुन् ।
कुलिङ पिरियडको आशय विदामा बस्नु वा सो सरह हो । उच्च तहका पदाधिकारीहरु आफ्नो पदावधि सकिनु भन्दा केही दिन अघिदेखि नै आफ्नो जिम्मेवारीबाट बाहिरिने प्रचलन छ । यसलाई यस्तो अवधिलाई कुलिङ पिरियड भनिन्छ ।
खनालले पनि आफु अब मन्त्रालयको नियमित कामबाट अलग भएको जनाउ सामाजिक सञ्जालबाट दिएका छन् । साथै, उनले अब आफ्नो नाममा कुनै पनि अफवाह नफैलाउन आग्रह गरेका छन ।
खनालले लेखेका छन्, ‘आजदेखि मेरो कुलिङ पिरियड सुरु भएको छ। अब कृपया मेरो नाम जोडेर कुनै ट्रायल बेलुन (परीक्षण हल्लारअनुमान) नफैलाउनुहोस् !’
यस अघि खनाललाई सरकारले राष्ट्रिय सभामा सिफारिस बनाउने र नयाँ सरकारले अर्थमन्त्रीमा निरन्तरता दिनेसम्मको हल्ला चलेको थियो ।






































