रुकुम । रुकुम पश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टीले अगाडि देखिएको छ। पछिल्लो मत परिणाम अनुसार प्रगतिशील लोकतान्त्रिक पार्टीका जनार्दन शर्माले ४१२ मत ल्याएर अग्रता कायम राखेका छन् ।
यस्तै नेकपाको गोपाल शर्माले २८७ मत ल्याएर उनलाई पछ्याइरहेका छन् भने कांग्रेसका राजु केसीले ८८, रास्वपाका मानबहादुर शाहीले ८२ मत ल्याउँदा नेकपा माओवादीका चन्द्रबहादुर बुढाले ४ मत ल्याएका छन्।
अहिलेसम्म ९०२ मत गणना हुँदा ४० मत बदर भएको छ।








































