रामेछाप । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज बिहान ७ बजेबाट देशर मतदान सुरु भएको छ । आज बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म देशका ७७ वटै जिल्लामा एकै चरणमा मतदान सुरु भएको हो ।
रामेछाप साघुटार बाड नं ३ को मतदान केन्द्रमा १०३ बर्षका जितबहादुर ढकाल र एमालेका समानुपातिकका उम्मेदवार राजकुमार श्रेष्ठले पहिलो मतदान गरेका छन् । साथै सो केन्द्रबाट एमालेका जिल्ला उपाध्यक्ष होतराज ढकाल र नेपाली जनताका सम्पादक यज्ञ बहादुर ढकालले पनि मतदान गरेका छन् ।
आज प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थान गरी २७५ स्थानका लागि निर्वाचन हुँदैछ ।
निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ वटा राजनीतिक दलले प्रतिस्पर्धा गर्दैछन् । प्रत्यक्षतर्फ ३ हजार ४०६ उम्मेदवार र समानुपातिक निर्वाचन प्रणालीतर्फ ३ हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन् ।









































