वीरगन्ज । बुधबार विहानै पर्साबाट ९ थान सुतली बमसहित ३ जना पक्राउ परेका छन् । वीरगन्ज महानगरपालिकाको वडा नम्बर–१६ बाट सुतली बमसहित ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रहरीले गरेको विशेष सर्च अप्रेसनका क्रममा ९ थान सुतली बमसहित तीन जनालाई पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख सुदिपराज पाठकले बताए । उनका अनुसार बुधवार बिहान करिब २ बजे सर्च अप्रेसनका क्रममा उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेमा वीरगन्ज–१६ निवासी कृष्ण यादव, सोही ठाउँकै रोहित पटेल र अविजित यादव रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट ९ थान सुतली बम, २ थान मोबाइल, १ थान पावर बैङ्क, १ थान चार्जर , ५ वटा सेतो रङ्गको तार र सुँगुरको टाउको १ वटा फेला पारेको जनाएको छ।







































