वि.सं.२०८३ साउन २५ सोमवार

मतपेटिका ल्याउँदा सेनाको गाडीले स्कर्टिङ गर्न सक्छ : मन्त्री अर्याल

khanepani

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले विहीबार अर्थात् फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचन पश्चात् मतपेटिका ल्याउँदा आवश्यक परे नेपाली सेनाको गाडीले स्कर्टि« पनि गर्न सक्ने बताएका छन् । उनले अहिले सुरक्षा संयन्त्र मतदान स्थलसम्म पुगिसकेको बताए ।

बुधबार आज पत्रकार सम्मेलन गरेर गृहमन्त्री अर्यालले भयरहित वातावरणमा मतदान गर्न पाउने अधिकार सुनिश्चित गरेको बताए। उनले भने, ‘निर्वाचन स्वच्छ, धाँधलीरहित हुन्छ। हामीले भयरहित वातावरणमा मतदान गर्न पाउने अधिकार सुनिश्चित गरेका छौँ। त्यस कारणले मतदानमा सहभागी भइदिनुहोला। आफूलाई मन परेको राम्रो मान्छे छानिदिनुहोला। यो अहिलेको निर्वाचनले लोकतन्त्रको गुणस्तर पनि सुदृढ हुनुपर्छ। खाली निर्वाचन गर्ने, प्रतिनिधि छान्ने सरकार बनाउने मात्रै कुरा होइन। यसपालिको निर्वाचनले राजनीतिक सुशासन कायम गर्नको लागि ठूलो फड्को मार्नेछ भन्ने अपेक्षा छ।’

उनले थपे, ‘भोलि मतदान भइसकेपछि मतपेटिकाको बाकस गाडीमा राखेर निर्वाचन अधिकृतको कार्यालयमा ल्याइन्छ। सुरक्षा योजनामा प्रस्ट अनुसूचीमै लेखेको छ गाडीको सबैभन्दा अगाडि ड्राइभर र मतदान अधिकृत बस्छ। त्यसपछि मतपेटिका हुन्छ। प्रहरी हुन्छ। प्रहरीभन्दा पछाडि उम्मेदवारका प्रतिनिधिहरू हुन्छन्। अरू सशस्त्र प्रहरी बल, नेपाल प्रहरीको गाडीले, आवश्यक पर्‍यो भने नेपाली सेनाको गाडीले पनि स्कर्टिङ गर्न सक्छ।’

गृहमन्त्री अर्यालले निर्वाचनको सामाजिक सद्भाव, धार्मिक हिंसा भड्काउन खोज्नेलाई नियन्त्रणमा लिएर कारबाही गर्ने बताए।

ranechhap